काठमाडौं । सिन्धुलीस्थित सुनकोशी गाउँपालिकाले जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरीकको निःशुल्क उपचार प्रदान गरेको छ । असार १ गतेदेखि पालिकाभित्रमा सबै जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरिकको निःशुल्क उपचार भैरहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बता सुनकोशी गाउँपालिका र आत्मीय सामुदायिक अस्पतालबिच सम्झौता भएर निःशुल्क उपचार सेवा संचालन भइरहेको गाउँपालिकाका प्रशासकीय अधिकृत दर्जीले बताए ।
गाउँपालिकाको ७ वटै वडाका जेष्ठ नागरीक,अपाङ्ग,अशक्त र विपन्न नागरिकलाई आत्मीय सामुदायिक अस्पतालमा गएर सेवा लिन प्रशासकीय अधिकृत दर्जीले आग्रह गरे । इमरजेन्सी तथा ओपिडी,ल्याब,एक्सरे,भिडियो एक्सरे,ईसिजी,वेड चार्ज,स्ल्याब,कास्ट,माइनर,सर्जिकल,अक्सिजन,नेबुलाइजेसन,प्रोसेडयोर लगायतका विभिन्न सेवाहरु लिँदा नागरीकले पैसा तिर्न नपर्ने स्वास्थ्य संयोजक ओम प्रकाश झाले बताए ।
औषधी र आँखा उपचार सेवा लिँदा लाग्ने खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्ने उनको भनाइ छ ।