काठमाडौं । झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
उनीहरुबारे थप विवरण आउन बाँकी छ । यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक चिनियाँ, तिब्बती मूलका बेल्जियमका नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।
विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालोसूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।