लमजुङ । मजुङको राइनास नगरपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित १३ जना घाईते भएका छन् । दुधपोखरी गाउँपालिका ४ सामघडेरीबाट सुन्दरबजार नपा–९ भोटेवडारतर्फ आउँदै गरेको ग १ ज ६३६९ नम्बरको जीप शनिबार राइनास नपा–८ हर्राबोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाईते भएका चालक सुन्दरबजार नपा– ९ का ३० बर्षीय पुरन गुरुङलाई भोटेवडार हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लगी एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुर चितवन लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भोटेवडार हस्पिटलमा उपचार भइरहेको छ ।
यि हुन् घाइतेहरु
-तनहुँ भानु-९ का ४५ वर्षीय शक्ति बहादुर तामाङ
-तनहुँ भानु-८ का ६० वर्षीय खमबहादुर लामा
-तनहुँ भानु-८ का ४८ वर्षीया यमुना लामा
-तनहुँ भानु-३ का ५१ वर्षीय कृष्ण लामा
-सुन्दरबजार-९ का ६७ वर्षीय सन्त बहादुर तामाङ
-सुन्दरबजार-७ का ४७ वर्षीया लालमाया तामाङ
-सुन्दरबजार-९ का ४२ वर्षीय सुमन गुरुङ
-सुन्दरबजार-९ का ५०वर्षीया धनकाशी तामाङ
-भरतपुर-२ क्षेत्रपुरका २९ वर्षीया शान्ति लामा
-भरतपुर-२ क्षेत्रपुरका ४० वर्षीया पन्चमाया लामा
-भरतपुर-२ क्षेत्रपुरका ४५ वर्षीया मुना लामा
-राइनास-९ का ३७ वर्षीय झलक गुरुङ