काठमाडौं । आज र भोलि देशैभर मौसम बदली हुने भएको छ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई÷तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए।
आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षाले पहाडी भुभागमा चल्ने आन्तरिक उडान प्रभावित हुने सक्ने मौसमविद् पौडेलले बताए।
त्यस्तै पश्चिमी क्षेत्रको नदीमा जलसतह बढ्न सक्ने र पहाडी भ–ुभागमा पहिरोको जोखिम रहेको भन्दै सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मंगलवारदेखि भने मौसममा क्रमश सुधार आउने महाशाखाले जनाएको छ।