काठमाडौं । कोशी नदीमा पानीको बहाव बढेको छ। नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोकाहरु खोलिएका छन्।
सोमबार बिहान ४ बजे गरिएको मापनअनुसार कोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।