काठमाडौं । सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न प्रहरीले अतिरिक्त महनिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ।
प्रहरीका महानिर्देक वसन्त कुँवरले सिआईबीकी निर्देशक समेत रहेकी बज्राचार्यको नेतृत्वमा समिति गठन गरेकी हुन्।
समितिमा विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई सङ्गठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।
सिआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको हो।