काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल आज घरेलु टोली पाकिस्तानसँग भिड्दै छ । एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग आज एकदिवसीय वरियताको १५औं स्थानमा रहेको नेपाल भिड्न लागेकाे हाे । विश्व वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग खेल्नु नेपालको लागि चुनौती र अवसर दुबै हो।
सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ। नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्।