काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एकसाथ चार सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक वर्ष २७/२८ का पुरुष व्यक्तिको मृत्यु भएको हो। उनको सनाखत हुन बाँकी छ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर छ।
पेप्सीकोला सवारी दुर्घटनाका घाइते-
१. जि.काभ्रे कोशीपारि घरभई हाल मूलपानी बस्ने वर्ष २५ की स्वस्थानी खड्का, हातखुट्टा चिउँडोमा चोट, बोल्न नसक्ने
२. दोलखा घर भई हाल हरहरमहादेव बस्ने वर्ष २५ उषा थापा- हात-टाउको-खुट्टामा चोट, बोल्न नसक्ने।
३. दोलखा भीमेश्वर न.पा. घरभई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती- ढाड र हातमा चोट अवस्था सामान्य
४. उदयपुर गाइघाट घरभई हाल काडाघारी बस्ने वर्ष २३ की कल्पना विक- भित्रि चोट, अवस्था सामान्य
५. मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा- हातमा चोट
बा ३ ख ४१४८ नम्बरको बसले एकसाथ तीन सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको हो। उक्त बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा. प्र–०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा. प्र–०२–०४१ प ५८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो।
दुर्घटना आज बिहान साढे ७ बजेतिर भएको ट्राफिक प्रहरीले जनाएको छ।