राजेन्द्र प्रजापती
लमजुङ । लामो समयदेखि मौलिक संस्कृतिका रूपमा स्थापित रोपाईजात्रा लमजुङ बेसिशहर नगरपालिका ११ चितिमा भव्यताका साथ मनाइएको छ ।
चिति हटियाका नेवार जातीले लामो समयदेखि प्रत्येक वर्ष रोपाईजात्रा निकाल्दै आएका छन् । असारे थकाइलाई मेटाउँदै रमाइलो गर्ने उद्देश्यले जात्रा निकालिने गरिँदै आएकोले पनि यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा सहयोग पुर्याउँदै आएको छ ।
कृष्णजन्माष्टमीका दिन निकालिने रोपाई जात्रामा विशेषगरी अघिअघि पञ्चे बाजा, पछिपछि गोरुको अभिनय, रोपारेसहित रोपाइँको अभिनय गर्दै रोपाईजात्रा मनाउने गरिन्छ ।
हेर्नुहोस् तस्बिरमा