काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेशनको उद्घाटन गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेशन उद्घाटन गरेका हुन्।
प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिएको हो।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेशनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना-ठूला कार चार्ज गर्न मिल्ने छन्।
उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनिकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताए।
आन्तरिक रुपमा विद्युत खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय सवारी साधनको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेशन स्थापना गरिएको बताए। विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताए।
चार्जिङ स्टेसन सञ्चालनमा आएका स्थानहरू :
स्थान | जिल्ला | सङ्ख्या | ||
धार्के | धादिङ | २ | ||
मुग्लिङ | चितवन | १ | ||
साझा सेवा बल्खु | काठमाडौं | २ | ||
साझा सेवा पुल्चोक | ललितपुर | १ | ||
नेपाल विद्युत प्राधिकरण, रत्नपार्क | काठमाडौं | १ | ||
नेपाल पुलिस क्लब, भृकुटीमण्डप | काठमाडौं | १ | ||
पारस बसपार्क | चितवन | २ | ||
खुर्कोट | सिन्धुली | २ | ||
सिन्धुली बसपार्क | सिन्धुली | १ | ||
इलाका प्रहरी कार्यालय बर्दिबास | महोत्तरी | २ | ||
हरिवन | सर्लाही | २ | ||
इनरुवा बसपार्क | सुनसरी | १ | ||
प्रहरी पेट्रोल पम्प, लाहान | सिराहा | २ | ||
कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा | कास्की | २ | ||
पर्यटक बसपार्क पोखरा | कास्की | १ | ||
दमक बसपार्क | झापा | २ | ||
बेलका नगरपालिका | उदयपुर | २ | ||
बिर्तामोड बसपार्क | झापा | २ | ||
सुर्खेत बसपार्क | सुर्खेत | २ | ||
हेटौडा, रातमाटे | मकवानपुर | २ | ||
विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी | भक्तपुर | १ | ||
प्रहरी पेट्रल पम्प, सामाखुसी | काठमाडौं | २ | ||
बेगनास ताल, पोखरा | कास्की | १ | ||
बुटवल बसपार्क | रुपन्देही | २ | ||
इटहरी | सुनसरी | १ | ||
विराटनगर | मोरङ | १ | ||
कोहलपुर नयाा बसपार्क | बााके | २ | ||
धनगढी | कैलाली | २ | ||
त्रिशूली हावा घर | नुवाकोट | १ | ||
बट्टार, त्रिशूली | नुवाकोट | १ | ||
कुश्मा | पर्वत | १ | ||
लमही बसपार्क | दाङ | २ | ||
लम्की | कैलाली | १ | ||
जम्मा | ५१ |
स्रोत : नेपाल विद्युत् प्राधिकरण