काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सर्राफलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बाराबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले नेपालखबरलाई जानकारी दिए।
योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ।