काठमाडौं । नेपालको हिमाल पारीको जिल्ला हो मनाङ । गण्डकी प्रदेशको यो एउटा प्राकृतिक सौन्र्दयले भरिपूर्ण जिल्ला हो । लमजुङ सदरमुकाम बेसिशहरबाट चामे हुँदै मनाङको खाङ्सार (जसलाई माथिल्लो मनाङ) समेत भनिन्छ । त्यहाँसम्म पुग्दा मनाङलाई हिमालको घेराभित्र रहेको जिल्ला भन्न मन लाग्छ ।
मनाङ सिमा सुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । खत्रो, धारापानी, बगरछाप, चामे, हुम्दे, भ्राका, मनाङ, खाङ्सारलगायतका स्थान यो जिल्लाको मुख्य बजार क्षेत्र हुन् ।
असोजदेखि मंसिरसम्म मनाङमा बाह्रय तथा आन्तरिक पर्यटकको भीड हुन्छ । २०६९ सालमा जिल्लाको सदरमुकाम चामेमा सडक पुगेपछि मनाङमा विकासको गति तिव्र भएको छ । तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा, चामेको तातोपानी मनाङ पुग्ने पर्यटकले छुटाउन नहुने स्थान हुन् ।
तस्बिरः अर्जुन गुरुङ