लमजुङ । लमजुङ बेसिशहर नगरपालिका ११ चितिमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को बृहत्त भेला हुने भएको छ । यही भदौ ३० गते शनिबार चिति तिलाहरमा बृहत्त भेला हुन लागेको हो ।
भेलामा संसदीय दलका प्रमुख सचेतक सांसद सन्तोष परियार प्रमुख अतिथि रहनेछन् । उक्त भेलाले वडा समिति समेत गठन गरिने निर्वाचन क्षेत्र समिति लमजुङका संयोजक भोला शर्माले जानकारी दिए । उनले भेलामा सहभागी हुन रास्वपा समर्थक र रास्वपामा सद्भाव राख्नुहुने सम्पूर्ण बा आमा दाजुभाई तथा दिदी बहिनीहरुलाई निमन्त्रणा समेत गरेका छन् ।
चिति तिलाहरस्थित खुला चौरमा हुने कार्यक्रम शनिबार बिहान ११ बजेबाट शुरु हुनेछ । भेला बारे थप जानकारीका लागि धर्म के.सी ९८५१०३५४५६, अशोक सापकोटा ९८६९०६६६७०, भोला शर्मा ९८५१०८६६१२ र कृष्ण राउत ९८४६३६८३५७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।