काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको मागसहित विशेष साधारण सभा बोलाउन माग गरेका छन्।
सोमबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएर अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न माग गरेका हुन्। क्लब, जिल्ला फुटबल संघ तथा महिला फुटबल संघ गरी ४९ साधारण सभा सदस्यले हस्ताक्षर गरेको निवेदन बुझाएका हुन्।
उनीहरुले बुझाएको निवेदनमा लेखिएको छ,‘वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन उद्दत रहेको र सम्बन्धित व्यक्तीहरुलाई सो पदमा निरन्तरता दिँदा नेपाल फुटबल भविष्यमा नै अतुलनीय क्षति पुर्याउँछ भन्ने हाम्रो ठहर हो।’