काठमाडौं । बेसिशहर नगरपालिका ११ चिति तिलाहरमा रहेको सिद्धेश्वर महादेव मन्दिरको समुद्घाटन गरिएको छ । सोमबार एक समारोहकाबीच बेसिशहर नगरपालिकाका प्रमुख गुमानसिं अर्यालले मन्दिरको उद्घाटन गरेका हुन् ।
सो अवसरमा रुद्री पुजाका साथै तिलाहार घर भइ हाल काठमाडौंमा बस्दै आएका सुबेदार गोवर्धन बगाले, शशीकला बगाले र समस्त बगाले परिवारले मन्दिरका लागि पाँच लाख एघार हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै जेष्ठ नागरिक भवन निर्माणको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
बेसिशहर नगरपालिका ११ का वडाअध्यक्ष शिव प्रसाद जोशीले उद्घाटनामा सहभागी हुने मेयर अर्याल र सहयोग गर्ने बगाले परिवारप्रति धन्यवाद व्यक्त गरेका छन् ।
सो अवसरमा पूर्व गाविसका सचिव ज्ञान्द्र निधि पाण्डेले आफूले निर्माण गरेको शिवको मूर्ति मन्दिरलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा राजनीति दलका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।