काठमाडौं । दोर्दी गाउँपालिका वडा नं.०८,बंसारको दुवार गाउँमा नजिकै स्वास्थ्य संथा नभएकै कारण घण्टौ समय लगाएर बंसार स्वास्थ्य चौकी जानू पर्ने बाध्यता रहेको थियो। सोही समस्यालाई मध्यनजर गर्दै उक्त दुवार गाउँमा “दुवार स्वास्थ्य क्लिनिक”स्थापना भएको छ।
एक कार्यक्रमकाबीच दोर्दी गाउँपालिका वडा नं.०८,बंसारका वडा अध्यक्ष नारन घलेको अध्यक्षता,दोर्दी गाउँपालिका उपाध्यक्ष बिच्छ बहादुर घलेको प्रमुख आथित्यता,प्रशासन एवं शिक्षा शाखा प्रमुख भिम लामिछाने तथा कार्यपालिका सदस्य द्वय अम्बिका मरहट्टा र लालमाया मिजार,स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ लगायतको विशेष उपस्थिती र जनसमुदायको बाक्लो जनसहभागितामा उक्त स्वास्थ्य क्लिनिक स्थापना भएको हो ।
दोर्दी गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार दोर्दीको ३ स्थानमा स्वास्थ्य क्लिनिक स्थापना गर्ने निर्णय भएको थियो, सोही बमोजिम दोर्दी गाउँपालिका वडा नं.०१,भारतेको ढोके भारतेमा स्थापना भइसकेको छ भने दोर्दी गाउँपालिका वडा नं.०५, पाचोकको कैँचिमा स्थापना हुन बाँकी रहेको छ।