काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। सभापति गगनकुमार थापाको नेतृत्वमा भइरहेको महाधिवेशनको लोगोमा पार्टीका संस्थापक नेता बीपी कोइरालादेखि पूर्वसभापति शेरबहादुर देउवासम्मका नेताहरूको तस्वीर समावेश गरिएको छ।
कांग्रेसले १५औँ महाधिवेशनको नारा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ तय गरेको छ।

