काठमाडौं । नेकपा एमालेले पार्टीको माथिल्लो तहमा जिम्मेवारी बाँडफाँट गर्दै संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।
स्थायी कमिटी सदस्यमा मनोनित हुनेमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारी रहेका छन्।
सचिवालयको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि उनीहरूले औपचारिक रूपमा स्थायी कमिटी सदस्यको जिम्मेवारी पाउनेछन्।
यसैगरी, एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्तावसमेत अघि सारेको छ। सचिवालयले गरेको उक्त प्रस्ताव पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुनुपर्नेछ।

