काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण हुने दाबी गरेको छ।
समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौँ उपत्यकामा वितरण गर्ने जनाएका हुन्।
पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ।

