काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता गरी संस्थालाई आर्थिक हानिनोक्सानी पुर्याएको आरोपमा प्रहरीले पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा रेडक्रसका तत्कालीन चार पदाधिकारी र एक जना बिचौलिया रहेका छन्।
सीआईबीका अनुसार पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोटको समुन्द्रटार–६ स्थायी घर भई काठमाडौं–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, चाँगुनारायण नगरपालिका–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी घर भई मध्यपुर थिमी–१ बस्ने ७० वर्षीय सञ्जीव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन्।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितताको छानबिन प्रतिवेदन अध्ययन गर्दा जग्गा खरिदमा बोलपत्रका सर्तविपरीत बिचौलियामार्फत कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०७३ भदौ २२ गते प्रकाशित सूचनाअनुसार रेडक्रसका लागि गोदामघर सञ्चालन गर्न भक्तपुर नगरपालिका–४ मा रहेका कित्ता नम्बर ८६३, ४९६, ४९७ र ८५८१ को कुल ५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरिएको थियो।उक्त जग्गाका लागि रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। तर अनुसन्धानका क्रममा सो रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको खुलेको सीआईबीको दाबी छ।
यस्तै, नापी कार्यालय भक्तपुरबाट जग्गाको वास्तविक क्षेत्रफल यकिन गराउँदा कागजातमा उल्लेख गरिएकोभन्दा कम क्षेत्रफल फेला परेको प्रहरीले जनाएको छ। फिल्डमा उक्त जग्गाको क्षेत्रफल ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र रहेको पाइएको प्रहरीको भनाइ छ।बोलपत्रका सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरी रेडक्रसलाई आर्थिक हानिनोक्सानी पुर्याएको आरोपमा पाँचै जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।पक्राउ परेकाहरूलाई भक्तपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि अनुमति लिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । मलेसिया सरकारले नेपाली श्रमिक लैजाने प्रक्रियामा नेपाल सरकारले गरेको नयाँ प्रस्ताव अस्वीकार गरेको…
काठमाडौं । अब नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीका कारण नष्ट भएमा अथवा नयाँ ढाँचामा…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, October 28
ताजा :
- नेपाली श्रमिक लैजाने विषयमा नेपालको प्रस्ताव मलेसियाद्वारा अस्वीकार
- अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
- वैदेशिक रोजगारमा ठगी: फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
- काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ
रेडक्रसको जग्गा खरिदमा अनियमितता पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

