शनिबार बसेको पार्टी सचिवालय बैठकले पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी परिचालन भएको घटनाको छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले घटना किन र कसको निर्देशनमा भएको हो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले प्रेस स्वतन्त्रताको संरक्षणप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै समाचार प्रकाशन वा प्रसारण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने कार्य दोहोरिन नदिन सरकारलाई निर्देशन दिइएको बताए ।
रास्वपाले सञ्चारमाध्यमको स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षालाई ध्यानमा राख्दै घटनाको छानबिन र दोषीमाथि कारबाहीलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनसमेत आग्रह गरेको छ ।

