Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन…
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श (कन्सल्टेन्सी) व्यवसायीका लागि निर्धारण गरिएको २५…
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन…
ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्।…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- एमाले–नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति
- २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन : शिक्षामन्त्री
- अब जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन पाइने, सेवा थप सहज बनाइँदै
- स्वास्थ्य समस्याका कारण बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनको राजीनामा
- रास्वपाको नयाँ निर्देशन: सांसदले अब आफन्तलाई स्वकीय सचिव राख्न नपाउने
- बजेटका आर्थिक सुधार मिसन मोडमा अघि बढाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- कानुन निर्माण तथा सुधार वर्ष सफल बनाउन उच्चस्तरीय समिति गठन
- नेपालमा भारु २०० र ५०० का नोट चल्ने, प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म ल्याउन–लैजान पाइने
- शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क खारेज, विशेष र श्रम अदालतका अध्यक्ष नियुक्त
- श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम विभागको निर्देशन
Author: हाम्राे हेडलाइन
काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि विभेद नगर्न नेपाल सरकारका नाममा आदेश जारी गरेको छ। असार ३० गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अदालतले २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गरिएको निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशबाट बदर गरेको हो। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय संविधान र कानुनविपरीत रहेको ठहर गरेको छ। पूर्णपाठमा सरकारी सूचना तथा विज्ञापन प्रकाशन–प्रसारण गर्दा सार्वजनिक र निजी सञ्चारमाध्यमबीच विभेद गर्ने कुनै कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै यस्तो निर्णयले सञ्चारको हक तथा विचार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर पर्ने जनाएको छ। अदालतले प्रधानमन्त्री…
काठमाडौं । साउन ३ गते काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा मृत फेला परेकी २५ वर्षीया युवतीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कैलालीको धनगढीकी माछापोखरीमा बस्दै आएकी ती युवतीको शव होटलको कोठाभित्र पलङमुनि फेला परेको थियो। प्रहरीले जुम्लाको चन्दननाथ गाउँपालिका–१ घर भई नेपालगन्ज बस्ने ३८ वर्षीय दानबहादुर शाही र दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २७ वर्षीय रमेश बुढालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट पहिलो चरणमा सात दिनको म्याद लिइएको छ। अनुसन्धानका क्रममा रमेश बुढा हत्यामा प्रत्यक्ष संलग्न रहेको तथा हत्या भएको होटलको कोठा…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार अधिकारीले प्राधिकरणअन्तर्गत सञ्चालित ठेक्काहरूको स्वीकृति, रेखदेख, भुक्तानी तथा सहजीकरणका क्रममा आफ्नो पदको दुरुपयोग गर्दै ठेकेदार कम्पनीबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको जनाएको छ। अख्तियारका अनुसार घुस रकम लुकाउन अधिकारीले श्रीमतीको नाममा ललितपुर महानगरपालिका–५ मा रहेको १३ आना जग्गा खरिद गरेका थिए। जग्गाको वास्तविक कारोबार रकम लुकाई राजीनामामा ९१ लाख रुपैयाँ मात्र देखाइएको तथा बाँकी रकमको स्रोत वैध देखाउने उद्देश्यले बैंक खातामार्फत कारोबार गरिएको आयोगको दाबी…
जनकपुरधाम। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्। मंगलबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा एमालेबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी दिए। उनले तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको उल्लेख गर्दै प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए। मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका दाहालले पार्टीको प्रशिक्षण, संगठन सुदृढीकरण तथा कार्यकर्ता परिचालनलाई प्राथमिकताका साथ अघि बढाइने बताए। नेकपाले आयोजना गरेको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक पुष्पकमल दाहाल…
काठमाडौं । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा अब नेपाल सरकारका मुख्यसचिवमार्फत सम्बोधन हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिअनुसार स्थानीय तहसँग सम्बन्धित गुनासाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न मुख्यसचिवमार्फत आवश्यक व्यवस्था मिलाइएको हो। विज्ञप्तिमा स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्कापट्टा तथा निर्माण कार्यमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासाहरू ‘हेलो सरकार’ पोर्टल तथा अन्य सुनुवाइका विभिन्न माध्यमबाट निरन्तर प्राप्त भइरहेको उल्लेख गरिएको छ। ‘स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, ठेक्कापट्टा र निर्माण कार्यमा अनियमितता, भ्रष्टाचार र बेथितिलगायतका गुनासोहरू हेलो सरकारको पोर्टल तथा सुनुवाइका विभिन्न पोर्टलमार्फत प्राप्त भइरहेकाले उल्लेखित गुनासोहरू नेपाल सरकारका…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर (समता शुल्क) हालका लागि लागू नगर्ने निर्णय गरिएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले उक्त शुल्क तत्काल कार्यान्वयन गर्दा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र सेवाग्राहीले अनावश्यक सास्ती व्यहोर्नुपर्ने निष्कर्षपछि सरकार उक्त निर्णयमा पुगेको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय गरिएको उल्लेख गरेका छन्। उनका अनुसार सरकारले समता कर ल्याउनुको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने, दलित, सिमान्तकृत तथा…
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी बनाउने, कर अनुपालनलाई प्रभावकारी बनाउने तथा उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ। अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि जारी गरेको हो। नयाँ व्यवस्थाअनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले कम्तीमा १०० रुपैयाँभन्दा बढीको खरिदमा वैध बिल लिई विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्। कार्यविधिअनुसार आन्तरिक राजस्व विभागले सञ्चालन गर्ने विद्युतीय प्रणालीमा समावेश भएका खरिद विवरणका आधारमा सहभागी स्वतः छनोट प्रक्रियामा समावेश हुनेछन्।…
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस्व सङ्कलनका लक्ष्य पूरा गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्। बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सहभागी बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बजेट पाँच वर्षे सरकारको आर्थिक मार्गचित्रको पहिलो चरण भएको उल्लेख गरे। विगतमा देखिएको कमजोर पूँजीगत खर्च र अपेक्षाअनुसार राजस्व सङ्कलन हुन नसकेको अवस्थालाई दोहोरिन नदिन योजनाबद्ध रूपमा काम गर्न उनले आग्रह गरे। अर्थमन्त्री वाग्लेले गत आर्थिक वर्षमा पूँजीगत खर्च करिब ४९ प्रतिशत मात्रै भएको र राजस्व सङ्कलन रु. १२.५ खर्ब हाराहारीमा सीमित रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा यस्तो…
काठमाडौं । स्वदेशी औषधि उत्पादनलाई विस्तार गर्दै औषधिमा आत्मनिर्भरता बढाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार भएको समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य तय गरिएको छ। हाल लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ। नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गरिने मन्त्रालयले जनाएको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ भने सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा…
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड, दिग्दर्शन वा मार्गदर्शन साउन मसान्तभित्र तयार गरिसक्न निर्देशन दिएको छ। अर्थ मन्त्रालयले साउन १ गते जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई बजेट विनियोजन भएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा निर्देशिका समयमै तयार गरी स्वीकृत भएको सात दिनभित्र सम्बन्धित निकायको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ। यस्ता कार्यविधिबाट थप आर्थिक दायित्व सिर्जना हुने अवस्था आए अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य हुने व्यवस्था गरिएको छ। मार्गदर्शनअनुसार स्वीकृत आयोजना तथा कार्यक्रम…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
