Author: हाम्राे हेडलाइन

काठमाडौं । स्वदेशी औषधि उत्पादनलाई विस्तार गर्दै औषधिमा आत्मनिर्भरता बढाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार भएको समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य तय गरिएको छ। हाल लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ। नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गरिने मन्त्रालयले जनाएको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ भने सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा…

Read More

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड, दिग्दर्शन वा मार्गदर्शन साउन मसान्तभित्र तयार गरिसक्न निर्देशन दिएको छ। अर्थ मन्त्रालयले साउन १ गते जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई बजेट विनियोजन भएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा निर्देशिका समयमै तयार गरी स्वीकृत भएको सात दिनभित्र सम्बन्धित निकायको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ। यस्ता कार्यविधिबाट थप आर्थिक दायित्व सिर्जना हुने अवस्था आए अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य हुने व्यवस्था गरिएको छ। मार्गदर्शनअनुसार स्वीकृत आयोजना तथा कार्यक्रम…

Read More

काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदाको संख्या पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णयसहित २२ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सातामा दुई दिन सार्वजनिक बिदा थपिएको अवस्थालाई मध्यनजर गर्दै अन्य सार्वजनिक बिदाको पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार गृह मन्त्रालयका एक सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने कार्यदल गठन गरिनेछ। कार्यदललाई सार्वजनिक बिदाको औचित्य, प्रभाव र व्यवस्थापनबारे अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउने कार्यादेश…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन्द्र शाह सरकारले १०० बुँदे घोषणामार्फत विदेशिएका नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने प्रतिबद्धता जनाएको भए पनि त्यसको प्रभाव वैदेशिक रोजगारीको तथ्यांकमा देखिएको छैन। आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसक्दा हजारौं नेपाली अझै पनि रोजगारीका लागि विदेशिन बाध्य भएका छन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ८ लाख ३९ हजार २६६ रहेको थियो। यसअनुसार एक वर्षमा श्रम स्वीकृति लिनेको संख्या ४७ हजार ७९ ले घटेको छ। यद्यपि श्रम स्वीकृति लिनेको संख्या…

Read More

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। हाल देशभर अधिकांश भूभागमा बदली छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान र…

Read More

काठमाडौं । फेरान टोरेसको अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को उपाधि जितेको छ। सोमबार बिहान अमेरिकाको न्युजर्सीस्थित न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा स्पेनले १६ वर्षपछि पुनः विश्वकपको ट्रफी उचाल्न सफल भयो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको गोल नै स्पेनको जितको आधार बन्यो। उनले ११४औँ मिनेटमा अर्को गोल गरे पनि अफसाइडका कारण त्यसलाई मान्यता दिइएन। इन्ज्युरी समयको तेस्रो मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि स्पेनले…

Read More

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेपछि विदेशिने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको दाबी गरेका छन्। आइतबार पार्टी मुख्यालय च्यासलमा एमालेका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले पहिले वैदेशिक रोजगारीलाई लिएर चर्को आलोचना गर्नेहरू अहिले सरकारमा पुगेपछि विदेशिनेको संख्या बढ्दा मौन बसेको आरोप लगाए। ‘पोहोर यतिबेला विदेश गयो भनेर निकै ठूलो हल्ला गरिन्थ्यो। तर अहिले त्यसभन्दा बढी मानिस विदेश गएका छन्, सबै चुपचाप छन्,’ ओलीले भने। उनले देशभित्र रोजगारी सिर्जना नगरेर युवालाई विदेशिन बाध्य पारिएको भन्दै आलोचना गर्ने दलहरू अहिले विदेश जानुलाई ‘युवाको अधिकार’ भन्दै व्याख्या गरिरहेको आरोप…

Read More

चितवन । लगातारको वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले नारायणगढ–मुग्लिङ सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्ग आइतबार राति १० बजेदेखि बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार चितवनका विभिन्न स्थानका साथै धादिङलगायत क्षेत्रमा पहिरो खस्ने उच्च जोखिम रहेकाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातिको समयमा सवारी सञ्चालन गर्दा यात्रु र सवारीसाधनको सुरक्षामा गम्भीर जोखिम हुन सक्ने भएकाले यो निर्णय गरिएको उल्लेख छ। प्रशासनले अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरे स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। साथै, यात्रु तथा सवारी चालकलाई मौसमको…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका–४ महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडि शुक्रबार भएको बहुसवारी दुर्घटनामा पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०६डीडी६०६३ नम्बरको कार अनियन्त्रित भई बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ। प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने ६५ वर्षीया कुन्तिमाया लिम्बूको…

Read More

काठमाडौं । सरकार र मिटरब्याजपीडित पक्षबीच ९ बुँदे सहमति भएपछि विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन स्थगित भएको छ। सरकारी वार्ता टोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्दै यसको पूर्ण उन्मूलन गर्ने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजानेछ। प्रस्ताव स्वीकृत भएपछि मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेक स्वतः अवैध र खारेज हुने व्यवस्था गरिनेछ। यस्तै, गृह मन्त्रालयले तीन महिनाभित्र मिटरब्याज नियन्त्रणसम्बन्धी विशेष विधेयक तयार गरी नयाँ ऐन ल्याउनेछ। ऐनमार्फत मिटरब्याजसम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन, पीडितको सम्पत्ति…

Read More