Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौँ । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि अधिकतम ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध…
काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र…
काठमाडौं । सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन…
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएको दाबीसहितको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सरकारी कर्मचारीलाई ६० लाखसम्म सवारी कर्जा, ब्याज सरकारले तिर्ने प्रस्ताव
- सरकारलाई डीएनए किट र एक करोड सहयोग
- कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
Author: हाम्राे हेडलाइन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिकरुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ संक्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको संख्या ३५६ जना पुगेका छन् । काठमाडौं उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । अहिले…
काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएका छन्। निर्माणधीन अपार्टमेन्टका कारण ति घर भत्किएका र भासिएका स्थानीयले दाबी गरेका छन्। शनिबार राती २ बजेतिर एकाएक घर भत्किँदा सर्वसाधारण त्रसित भएका थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन्। २ घरको तला भासिएका छन्। अन्य ६ ७ वटा घर बढी जोखिममा छन्।घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा सुरक्षा दिइरहेका छन्।
काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भएको हो । नेपालले सुरुको ६ मिनेटभित्रै दुई गोल खाएको थियो । यसअघि गएको बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको थियो । हारसँगै नेपाल छनोटको अघिल्लो चरण पुग्न असफल भएको छ । भियतनामले भने दोस्रो चरणमा स्थान बनाएको छ । छनोटको समूह ‘सी’ मा प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र रहेका छन् ।
काठमाडौं । राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारण सभाले धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काठमाडौंमा सम्पन्न साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो । संघको निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष प्रदिप कोईराला, द्वितिय उपाध्यक्षमा अमृत कुमार पन्थि, महासचिवमा आशिष खड्का, सचिवमा बिमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुली, सदस्यहरुमा बसन्त योगी, रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य, गुञ्जनमणी भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल साउजी, सविन पोख्रेल सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र तथा गोपनियताको सपथ निर्वाचन समितिका संयोजक अधिवक्ता प्रदिप सत्यालले खुवाएका थिए ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापनसम्बन्धी सरकार नीति बनाएर नै सहयोग गर्ने बताएका छन् । राष्ट्रिय विज्ञापन संघ नेपालको साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘विदेशी वस्तु यहाँ बिक्री हुन्छ तर विज्ञापन गरेको पाइँदैन । त्यसलाई कानुनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले मद्दत गर्नेछ ।’ उनले विज्ञापनको क्षेत्रलाई व्यवस्थित गर्दै बृहत् रूपमा अगाडि बढाउन सुझावसमेत दिए । मन्त्री रिजालले नेपाली उद्योग तथा व्यवसाय क्षेत्रलाई मजबुँद बनाए मुलुकको अर्थतन्त्र बलियो हुने पनि बताएका छन् । विज्ञापन क्षेत्रलाई अन्य उद्योग जस्तै विस्तार गर्दै लैजाने प्रस्तावमा आफु सधै सकारात्मक रहेको भन्दै आफु र आफ्नो मन्त्रालय यो क्षेत्र विस्तारका…
काठमाडौं । काठमाडौं नयाँ बानेश्वरमा फेरि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ती व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आत्मदाहको प्रयास गर्नेमा ५३ वर्षका विवाहित पुरुष रहेका छन्। उद्दार गरेर अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ। आत्मदाहको प्रयास गर्नुमा पारिवारिक कारण रहेको देखिएको प्रहरीले जनाएको छ। यसअघि पनि बानेश्वरमै शरीरमा पेट्रोल छर्किएर आगो लगाएर प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको थियो।
काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले बताए । उनले भने, “वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका छ जना पक्राउ गरी आज सार्वजनिक गरेपछि उनीहरुले दिएको बयानका आधारमा हामीले अधिकारीलाई पक्राउ गरेका हौं ।” अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको वरिष्ठ…
काठमाडौं । भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा थप ६ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ । भारतमा २०३ यताकै उच्च संक्रमण पुष्टि भएको हो । यसअघि गत वर्ष सेप्टेम्बर १६ मा एकदिनमा ६ हजार २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि बिहीबार भारतमा ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा १४ जनाको मृत्यु भएको छ ।पछिल्लो समय भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६…
काठमाडौं । सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
काठमाडौं । आजदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आगामी वैशाख १० गते चितवन क्षेत्र नं २, बारा क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन हुँदैछ। सङ्घीय सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
