Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन…
ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएको दाबीसहितको…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ। त्रिवि क्रिकेट…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
- ब्राजिल राष्ट्रपतिमा लुला पुनः निर्वाचित
- प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए शुभकामना
- आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा को-को भिड्दैछन् ?
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
- बाढी पूर्वसूचना प्रणाली विस्तारदेखि चार हिमतालको जोखिम घटाउनेसम्म सरकारका मुख्य योजना
- असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशमा पनि पुनः सुरु
Author: हाम्राे हेडलाइन
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ। फास्ट ट्र्याकबाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको हो। शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनुनपर्ने गरी फैसला गरेको थियो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो।
काठमाडौं । सत्तारुढ दलको बैठक आज बस्दै छ। बैठकले मन्त्रिपरिषद् विस्तारका निर्णय गर्ने बताइएको छ। मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न आज अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्षनेताहरुबीच सहमति भएको छ। सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो। शीर्ष तीन नेताको भेटमा आज अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए। गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ। दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद…
मनाङ । मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका – १ तालस्थित ‘समुदायमा प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्धत मिल्ने बताइन् । आमनागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासु जस्तै भएकाले यसको महत्व बुझाउन कार्यक्रम गरिएको उनले उल्लेख गरे । प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले समुदाय र प्रहरीबीचको सम्बन्ध एकआपसमा जोडिएकाले आमनागरिकलाई सचेत गराउनका साथै समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।…
काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा चार जनालाई बढुवा सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा भण्डारी प्रहरी प्रधान कार्यालय कार्यविभाग, कार्य निर्देशनालय नक्साल काठमाडौँ, गिरी विशेष ब्युरो नक्साल, चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल र तामाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा कार्यरत रहेको उल्लेख छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए। नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो। पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।
काठमाडौं । कोसी प्रदेश नामकरणविरुद्ध पहिचान पक्षधरहरूले गरेको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ। मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले राहत दिने निर्णय गरेको हो। कोसी प्रदेश नामकरणको विरोधमा चैत ५ मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। बैठकले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ। बैठकले घटनाको छानबिनकामा संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देब राज घिमिरेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदमा प्रस्तुत टीआरसी र संवैधानिक परिषदसम्बन्धी विधेयकलाई चाडो निष्कर्ष पुर्याउने विषय र नयाँ नियमावलीको विषयमा छलफल हुनेछ । सैद्धान्तिक छलफल सकिएलगत्तै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्न ७२ घन्टाको समय छुट्याइएको थियो। आइतबार सैद्धान्तिक छलफलमा सत्तापक्षमा रहेका अन्य दलहरूले शान्ति सम्झौता र सर्वोच्च अदालतले गरेको निर्देशनलाई समेत ध्यान दिएर कानुन बनाइने बताएका छन् । एमाले, राप्रपा र नेमकिपाले संशोधनमा जोड दिएका छन् ।
काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो । उक्त घटनाको समाचार क्लीकमान्डुले सम्प्रेषण गरेको थियो । सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता…
काठमाडौं, १२ चैत । नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारदेखि तीनदिने छलफल सुरु हुने भएको छ। काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो। यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ । अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ । छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ…
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव पारित भएको छ। आइतबार प्रतिनिधि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ। आजकै बैठकमा सत्ता पक्षका सांसदहरुले विधेयकको बचाउ गरेका थिए भने प्रतिपक्षका सांसदहरुले गम्भीर अपराधमा संलग्नलाईसमेत उन्मुक्ति दिन खोजिएको भन्दै आलोचना गरेका छन्।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
