Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले…
काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने…
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रका आन्तरिक कमजोरीकै कारण एमाले अहिलेको अवस्थामा…
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- एमबीएस प्रश्नपत्र लिक आरोपमा सन्दीप सिंह पक्राउ, थप अनुसन्धान जारी
- लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
- आन्तरिक कमजोरीकै कारण एमाले यो अवस्थामा पुग्यो : महासचिव पोखरेल
- एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने दोषीलाई कानुनी कारबाही हुन्छ : शिक्षामन्त्री
- चिकित्सकमाथि आक्रमण, दोषीलाई कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी
- एमाले–नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति
- २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन : शिक्षामन्त्री
- अब जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन पाइने, सेवा थप सहज बनाइँदै
- स्वास्थ्य समस्याका कारण बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनको राजीनामा
- रास्वपाको नयाँ निर्देशन: सांसदले अब आफन्तलाई स्वकीय सचिव राख्न नपाउने
Author: हाम्राे हेडलाइन
काठमाडौं । वर्तमान सत्तागठबन्धन टुट्ने सम्भावना बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रधानमन्त्रीको अडान र राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति कांग्रेसलाई दिने चलखेलका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना बढेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नागरिकता सम्बन्धी विवादको विषयमा सर्वोच्चबाट फैसला भई उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृहमन्त्रालय दिने मन गरेका छैनन् । रास्वपाले भने सत्ता गठबन्धनबीचको भागबण्डामा गृहमन्त्रालय आफूले पाइसकेको उल्लेख गर्दै सो मन्त्रालय पुनः आफैंले पाउनुपर्ने अडान छाडेको छैन । रास्वपाको अडानलाई बल पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई भेटेरै गृहमन्त्रालयमा पुनः रवि लामिछानेलाई…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने बुझाएको छ । आज बिहान ९ बजे नेकपा एसले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो । अध्यक्ष माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गंगालाल तुलाधर लगाउतका नेताहरूले बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएका हुन् । चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धी हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुदैँ गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाएको जनाएको छ ।
एजेन्सी ।पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा बम विस्फोट गरिँदा २८ जना मारिएका छन् । साथै १ सयभन्दा धेरै घाइते भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सोमबार दिउँसोको उक्त घटनामा घाइते हुनेहरूको संख्या यकिन भएको छैन । अलजजिराको समाचार अनुसार पेशावरमा रहेको एक अस्पतालमा ७० जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि ल्याइएको छ । पेशावर प्रहरी अधिकारीहरूले १५० जना जति मानिस घाइते भएको बताएका छन् । साथै विस्फोटका कारण मस्जिदको केही भाग भत्किएको बताइएको छ । तर कतिपय मानिसहरू भत्किएको संरचनाभित्र पुरिएर रहेको हुनसक्ने आशंका गरिएको छ । ३०० जना मानिस क्षमताको उक्त मस्जिद विस्फोटको क्रममा मानिसले लगभग भरिएको पेशावर प्रहरी…
लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुने बताएका छन्। लमजुङको सुन्दरबजारमा सोमबार आयोजित तिलकराज पाण्डेको १८औं स्मृति दिवसलाई सम्बोधन गर्दै गुरुङले पहिलो आधा कार्यकाल माओवादी केन्द्र प्रधानमन्त्री र दोस्रो आधा कार्यकाल एमालेको सभामुख, दोस्रो आधा कार्यकाल एमालेको प्रधानमन्त्री र माओवादी केन्द्रको तर्फबाट सभामुख हुने र ५ वर्ष राष्ट्रपति एमालेकै हुने सहमति भएको बताए। उनले राष्ट्रियताको पक्षमा स्वाधीनताको पक्षमा लड्ने शक्ति फेरि सत्तामा आएको दाबी गरे। उनले नेकपा एमाले कम्युनिस्टको मूल पार्टी भएको र एमालेको नीतिभन्दा अरुको फरक नभएकाले पनि एमालेसँगको मोर्चाबन्दीमा अघि बढ्नुको विकल्प नभएको बताए।
काठमाडौं । राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमबारदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ । हाल दुईदेखि तीन दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकामा अब एक महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् । उनका अनुसार दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ । आज प्रि–इनरोलमेन्ट गर्दा फागुन…
काठमाडौं । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको मिति जानकारी गराएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए ।
पोखरा । पोखरामा आत्मदाह गर्न खोजेका एक युवालाई बचाउने क्रममा गम्भिर घाइते महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१३ काँहुखोलाकी ४० वर्षकी संगीता सापकोटाको सोमबार निधन भएको हो । आइतबार बिहान सापकोटाको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षिय कृष्णबहादुर क्षेत्री आफूमाथि आगो लगाएका थिए । उनलाई बचाउन गएकी सापकोटाले जलेर गम्भिर रुपमा घाइते भएकी थिइन्। सापकोटाको ८० प्रतिशत शरिर जलेको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । घाइते कृण्ण बहादुर क्षेत्रीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यण्डबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको बुझिएको छ । नुल्याण्ड आइतबार नेपाल आइपुगेकी थिइन् ।
काठमाडौं । प्रजातन्त्र स्थापना, पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा आज शहीद दिवस मनाइएको छ। शहीद दिवस हरेक वर्ष मनाइने भए पनि शहीदहरूका सपना पूरा गर्नेतर्फ ध्यान नपुगेका गुनासासमेत सुनिने गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए। चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरेका हुन्। उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएका छन्। लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन्। लामिछानेले चितवन–२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए। प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन्। उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
