Author: हाम्राे हेडलाइन

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्वामित्व ग्रहण गरेर निर्माण अघि बढाउने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसने निर्माणका क्रममा खर्च अभावमा अधुरो छोडेको रंगशाला बनाउने निर्णय लिएको हो। अब रंगशालाको सबै स्वामित्व ग्रहण गरेर सरकारले आवश्यक बजेट व्यवस्थापछि निर्माण अघि बढाउने भएको हो।

Read More

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ । निगमले आज विज्ञप्ती जारी गरी मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको जनाएको हो । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर एक सय ६० रुपैयाँमा बिक्री हुनेछ । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै आज बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

Read More

काठमाडौं, २० चैत ।  चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले राजविराज–७ स्थित घरबाटै उनलाई नियन्त्रणमा लिएको हो । शर्मा जनमत पार्टीका पूर्व जिल्ला इन्चार्जसँगै हाल केन्द्रीय सदस्य समेत हुन् । उनी पार्टीभित्र सुरेन्द्र मधेशीका नामले चिनिन्छन् । उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको हो । रिटको पेसी मंगलबारका लागि तोकिएको छ । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ । आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य…

Read More

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । चितवन २ मा कांग्रेसले दिउँसो २ बजे, एमालेले दिउँसो ३ बजे र राप्रपाले दिउँसो ४ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । यो क्षेत्रको उपचुनावमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्ने तयारी छ । गएको मंसिर ४ गते भएको चुनावमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ…

Read More

काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता कार्यक्रम छ। उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन्। आयोगका प्रवक्ता शालिग्राम पौडेलले उपनिर्वाचनमा भाग लिनका लागि तनहुँ १ र बारा २ मा २६ वटा तथा चितवन २ मा १८ वटा राजनीतिक दल दर्ता भएको जानकारी दिए। चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। गत मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा पेश भएको छ । पासपोर्ट दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज सफलले रिट निवेदन पेश गरेका हुन् । महान्यायाधिवक्ता कार्यालयले पासपोर्ट दुरुपयोग नभएको भन्दै लामिछानेमाथि राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो । रिट दर्ता गर्ने–नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।

Read More

काठमाडौं । काठमाडौं टोखा नगरपालिका अन्तर्गत वडा नम्बर ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आइतबार जगपूजा गरी शिलान्यास गरेका हुन् । नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलिररालुकादेवी निर्माण कम्पनीले करिब चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ । सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहरुपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गरे ।

Read More

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिका र पालिका मातहातका सबै कार्यालयमा विद्युतीय हाजिरी शुरु भएको छ । कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन गाउँपालिकाले पालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी जडान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले गाउँपालिका कार्यालय, वडा नं. १ देखि ९ सम्मका वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विद्युतीय हाजिरी मेशिन जडान गरिएको बताए । विद्युतीय हाजिरी मेशिन गाउँपालिकासहित सवै कार्यालय प्रमुखको कार्याकक्षमा जडान गरिएको छ । गाउँपालिका कार्यालयमा मात्रै करिब ४० जनाले हाजिरी गर्ने अधिकृत गुरुङले बताए । उनका अनुसार कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था…

Read More

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् । आइतबार स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए । उनले यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पीडितसँगको सहमति कार्यान्वयन गर्ने बताए । त्यसका लागि आयोग बनाउने कानूनको प्रक्रिया अगाडि बढिसकेकोले समस्या समाधान हुने उनको भनाइ छ ।

Read More