Author: हाम्राे हेडलाइन

विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन शुरु गरेको थियो । प्रदर्शनमा सहभागीहरुले नारा जुलुस गर्दै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको हो । झडपकाक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

Read More

काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गरेकी हुन् । यो विधेयक दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको हो । मन्त्री शर्माले सङ्क्रमणकालीन न्याय प्रक्रिया ढिलाइ भएको हुनाले छिटोभन्दा छिटो विषयलाई टुङ्ग्याउनका लागि संसद्मा विधेयक पेस गरिएको हो । उनले द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएको र व्यक्ति बेपत्ता भएका…

Read More

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । उनले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिई मुलुकको चौतर्फी विकास र समुन्नतिका लागि पार्टी सरकारमा जाने निर्णय भएको बताए । पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलनलाई आधार बनाउने निर्णय गरेको छ । गठबन्धन दलबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्लाई विश्वासको मत दिने निर्णय गरेको हो । हाल परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय गरिएको रास्वपाले जनाएको छ । पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने रास्वपाले संकेत गरेको छ । सोमबार प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाको बैठकमा विस्वासको मत लिदैँछन् । विस्वासको मत लिएपछि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

Read More

काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ। तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ।सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए। शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो।आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो।

Read More

एजेन्सी । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ । सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ भने अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ । उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । इक्वेडरको आपतकालीन सेवाले यहाँका घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका र उनीहरुलाई उद्दार…

Read More

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला विजयी भएका छन्।शनिवार सम्पन्न निर्वाचनमा मोहनले २३५ मत ल्याए भने रेजीनाले २०९ मत प्राप्त गरिन। उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन्।महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन्। यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी र नम्रता खरेल विजयी भएका छन्।यस्तै पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामापनि सदस्य निर्वाचित भएका छन्।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान शुरु भएको छ । ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ । निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना सव-ईन्जिनियरलाई पोखराबाट पक्राउ गरेको छ । अख्तियारले बाटो निर्माण गर्दा जग्गा पर्नेगरी गरिदिने भन्दै १५ हजार घुस लिने सव-ईन्जिनियरलाई रंगेहात पक्राउ गरेको हाे । पोखरा महानगरपालिका २८ नं. वडा कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रविन बिकलाई घुस लिएको अवस्थामा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो । विकमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

काठमाडौं । सत्ता साझेदार १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलका शीर्ष नेताहरुको बैठकले सो सहमति गरेको हो। ‘सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा भोलि संसद्‌मा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ’, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छिन्। प्रधानमन्त्री प्रचण्डले यही ६ गते सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मै विश्वासको मत लिएका थिए।

Read More