Author: हाम्राे हेडलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे निर्णय लिनका लागि शुक्रबार रास्वपाले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक तय गरेको थियो । आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् । जसपाबाट उम्मेदवारी दिएकी प्रमीला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो ।

Read More

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ। उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप…

Read More

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलाई डिएल (डकवर्थ लुइस) मेथड मा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। बिहीबारको खेलमा कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेथडका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएको हो ।

Read More

काठमाडौं । भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । बिहीबार नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको हो । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ । हाल नेपाली बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।

Read More

काठमाडौं । विश्वकप क्रिकेट लिग- २ को चार वर्षे संस्करणको औपचारिक समापन बिहीबार हुँदैछ। १४ अगस्ट २०१९ मा स्कटल्यान्डको अबर्डीनमा पपुवा न्युगिनी र ओमानबीचको पहिलो खेलबाट ७ देश समिलित विश्वकप लिग- २ को सुरु भएको यात्रा बिहीबार ‍९१६ मार्च २०२३० कीर्तिपुरमा समापन हुन लागेकाे हाे। अन्तिम एवम् निर्णायक खेल हेर्नका लागि यतिबेला कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा दर्शकको भीड लागेको छ। आज नेपालले युएईलाई पराजित गरेमा नामिबियालाई पछि पार्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ। तर हारले प्लेअफतर्फ धकेल्ने छ।

Read More

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ। संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो। संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको जानकारी दिए। यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटरको कृषक खरिद मूल्य प्रतिलिटर खरिद मूल्य न्यूनतम रु ६५ कायम गरिएको उनले बताए। मन्त्रिपरिगाद्को निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डिडिसीले जनाएको छ। निलो प्याकेटको मूल्य…

Read More

काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठक सकिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो।  बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले जानकारी दिनुभयो। नेता बस्नेतका अनुसार १० दलका बीचमा सकारात्मक रुपमा छलफल भएको छ। अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको उहाँको भनाइ छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष…

Read More

काठमाडौं । सरकारले रोजगारदाता र श्रमिकबीच भएको करार सम्झौताको आधारमा अवधि तोकी श्रम स्वीकृति दिने भएको छ । यसअघि दुई वर्ष अवधिको श्रम स्वीकृति प्रदान गर्दा करार अवधि नसकिँदै पुनः श्रम स्वीकृति लिनु पर्ने र विदेशबाट श्रम स्वीकृति लिन श्रमिकले झन्झट खेप्न परेको भन्दै करार सम्झौता अनुसारको अवधि तोकेर श्रम स्वीकृति प्रदान गर्ने गरी मन्त्री स्तरीय निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भिसाको अवधि छदै श्रम स्वीकृतिको अवधि सकिँदा बीचमा नै नेपाल फर्किनु पर्ने, विदेशमा बस्दा आफ्नो देशले दिएको श्रम स्वीकृति बिनै बस्नु पर्ने र विदेशबाटै श्रम स्वीकृति लिन पनि विभिन्न झमेला खेप्न परेको भन्दै…

Read More

लमजुङ । लमजुङको राइनास नगरपालिकालाई अबको तीन वर्ष भित्रमा बालमैत्री नगर घोषणा गरिने भएको छ । नगरपालिकाले तीन वर्षमा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गरी २०८२ फागुन मसान्त सम्ममा नगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको हो । नगरपालिकाले सोको लागि कार्यविधि निमार्ण गरी नगरसभाबाट पारित समेत गरिसकेको छ । गत शनिबार सम्पन्न राइनास नगरपालिकाको ११ नगर सभामा स्थानीय बाल समिति गठन तथा सञ्चालन सम्वन्धी कार्यविधि २०८० पारित भएको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सितादेवी गैह्रेले बताइन् । १० वटा वडा रहेको राइनास नगरपालिकाका सवै वडामा बालमैत्री स्थानीय शासनका आवश्यक सूचक पुरा गरी…

Read More

काठमाडौं । सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरुले अब अति आवश्यकबाहेक भ्रमण गर्न नपाउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अति आवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरिएको जानकारी दिइन् ।

Read More