काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन्। उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार आजसम्म नपाएको कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक र नीतिगत कारणले रोकिएको दाबी गरे।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको विषयमा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरूले संविधानकाे रक्षाका लागि एकसाथ…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र…
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, April 19
ताजा :
- निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- तीन शीर्ष नेताबीच भेटवार्ता, संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष
- प्रधानमन्त्रीसँग शिक्षक महासंघ पदाधिकारीले गरे छलफल
- गभर्नरमा भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता
- देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री
- इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित
- प्रधानमन्त्री भन्छन्– नलाग पछि हल्लैको
- गभर्नर बन्ने पक्का भएका भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा
- राज्य व्यवस्था समितिलाई कर्मचारी संगठनले बुझायो ध्यानाकर्षण पत्र
- विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
सरकारले घोषणा गरेको पुरस्कार नपाइने चिन्ता नगर्नूः प्रधानमन्त्री
१९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन मन्तव्य
(२८ भाद्र २०८०, बालुवाटार)
माननीय युवा तथा खेलकुद मन्त्रीज्यू,
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, सदस्य सचिव र परिषदका सदस्यज्यूहरू,
मन्त्रालय र परिषदका कर्मचारी साथीहरू,
प्रतियोगितामा सहभागी हुनुहुने खेलाडी साथीहरू,
प्रशिक्षक र व्यवस्थापकज्यूहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।
१. सर्वप्रथम यही असोज ६ गतेदेखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापक मित्रहरूमा हार्दिक बधाइका साथ प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्दछु ।
२. विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नुहुने जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालबाट पहिलोपटक यति ठूलो संख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गर्ने मैले विश्वास लिएको छु ।
३. नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको छ, यसपटक पनि राम्रो गर्नेछ भन्ने सरकारको विश्वास छ । पछिल्लोसमय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ । धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईहरूको अथक मेहेनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ ।
४. खेलाडी छनोटका लागि तीन चरणको प्रक्रिया पूरा गरी अढाइ महिनादेखि तपाईहरू बन्द प्रशिक्षणमा रहेको मैले जानकारी पाएको छु । यसकारण पनि यसपटक नेपालले राम्रो गर्ने विश्वास छ । म आफूसमेत प्रतियोगिता हेर्न चीन भ्रमणमा जाँदैछु । त्यसले तपाईहरूको मनोबल बढाउन र खेल कुटनीतिमा नेपालको भूमिका स्थापित गर्न सहयोग पुग्ने मैले विश्वास लिएको छु ।
५. मैले पटकपटक जोड दिएर भन्दै आएको छु– खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ । त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।
६. यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ । छिट्टै यो समस्या समाधान गरिनेछ । तपाईहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म तपाईहरूमा आग्रह गर्दछु ।
७. प्रतियोगिताको तयारीका सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयले जुन तयारी र भूमिका खेलेको छ, त्यसका निम्ति धन्यवाद व्यक्त गर्दछु । तपाई खेलाडी साथीहरू उच्च मनोबलका साथ खेल्नुहुनेछ । प्रशिक्षक र व्यवस्थापकले पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ । अन्त्यमा, सरकार हमेशा तपाईहरूको साथमा रहेको जानकारी गराउँदै उच्च मनोबल र दृढताका साथ प्रतियोगितामा सहभागी हुन अपील गर्दछु, धन्यवाद ।
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित