काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन्। उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार आजसम्म नपाएको कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक र नीतिगत कारणले रोकिएको दाबी गरे।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । चिकित्सा शिक्षा सुधार र सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारको माग राख्दै धनगढीमा पाँच…
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्वमा…
काठमाडौं । बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।…
भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले देशभरका प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, July 27
ताजा :
- सरकार- डा. गोविन्द केसीबीच सहमति, ५ दिनपछि सत्याग्रह अन्त्य
- देवानगञ्ज घटना : सीडीओसहित सुरक्षा अधिकारी हेरफेर
- शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने
- ‘कक्रोच’ आन्दोलनको माग: पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गरियोस्
- नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला औपचारिक रूपमा उद्घाटन
- एमबीएस प्रश्नपत्र लिक आरोपमा सन्दीप सिंह पक्राउ, थप अनुसन्धान जारी
- लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
- आन्तरिक कमजोरीकै कारण एमाले यो अवस्थामा पुग्यो : महासचिव पोखरेल
- एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने दोषीलाई कानुनी कारबाही हुन्छ : शिक्षामन्त्री
- चिकित्सकमाथि आक्रमण, दोषीलाई कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी
सरकारले घोषणा गरेको पुरस्कार नपाइने चिन्ता नगर्नूः प्रधानमन्त्री
१९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन मन्तव्य
(२८ भाद्र २०८०, बालुवाटार)
माननीय युवा तथा खेलकुद मन्त्रीज्यू,
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, सदस्य सचिव र परिषदका सदस्यज्यूहरू,
मन्त्रालय र परिषदका कर्मचारी साथीहरू,
प्रतियोगितामा सहभागी हुनुहुने खेलाडी साथीहरू,
प्रशिक्षक र व्यवस्थापकज्यूहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।
१. सर्वप्रथम यही असोज ६ गतेदेखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापक मित्रहरूमा हार्दिक बधाइका साथ प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्दछु ।
२. विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नुहुने जानकारी पाउँदा मलाई खुसी लागेको छ । नेपालबाट पहिलोपटक यति ठूलो संख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुने प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गर्ने मैले विश्वास लिएको छु ।
३. नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको छ, यसपटक पनि राम्रो गर्नेछ भन्ने सरकारको विश्वास छ । पछिल्लोसमय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ । धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ, तपाईहरूको अथक मेहेनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ ।
४. खेलाडी छनोटका लागि तीन चरणको प्रक्रिया पूरा गरी अढाइ महिनादेखि तपाईहरू बन्द प्रशिक्षणमा रहेको मैले जानकारी पाएको छु । यसकारण पनि यसपटक नेपालले राम्रो गर्ने विश्वास छ । म आफूसमेत प्रतियोगिता हेर्न चीन भ्रमणमा जाँदैछु । त्यसले तपाईहरूको मनोबल बढाउन र खेल कुटनीतिमा नेपालको भूमिका स्थापित गर्न सहयोग पुग्ने मैले विश्वास लिएको छु ।
५. मैले पटकपटक जोड दिएर भन्दै आएको छु– खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ । त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।
६. यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ । छिट्टै यो समस्या समाधान गरिनेछ । तपाईहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म तपाईहरूमा आग्रह गर्दछु ।
७. प्रतियोगिताको तयारीका सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयले जुन तयारी र भूमिका खेलेको छ, त्यसका निम्ति धन्यवाद व्यक्त गर्दछु । तपाई खेलाडी साथीहरू उच्च मनोबलका साथ खेल्नुहुनेछ । प्रशिक्षक र व्यवस्थापकले पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ । अन्त्यमा, सरकार हमेशा तपाईहरूको साथमा रहेको जानकारी गराउँदै उच्च मनोबल र दृढताका साथ प्रतियोगितामा सहभागी हुन अपील गर्दछु, धन्यवाद ।
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
