काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा दिउँसै गोली हानी विद्यालयका प्रधानाध्यापकको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर-६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको आज दिउँसो गोली हानेर हत्या भएको थियो । पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन ।