काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुधबार न्यूयोर्क फर्किँदैछन्। नेपालको चार दिने औपचारिक भ्रमण सकेर उनी आज न्यूयोर्क फर्किन लागेका हुन्।
उनी कतार एयरवेजको जहाजमार्फत बिहान १० बजे न्यूयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। गुटेरेसले मंगलबार संघीय संसद्को सयुक्त बैठकलाई सम्बोधन गरेका थिए।
नेपालमा रहँदा उनले नेपालका विभिन्न नेता गणलाई भेट्नुका साथै विभिन्न स्थानको अवलोकन भ्रमण गरेका थिए। नेपाल बसाइका क्रममा उनले अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए।