काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– ७ देउसामा तीन महिने सिकर्मी तालिम शुरु भएको छ । वडा नम्बर ७ को आयोजना तथा व्यवसायीक सीप विकास तालिम केन्द्र ओखलढुंगाको सहयोगमा उक्त तालिम शुरु भएको हो ।
तालिमको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरेका पालिकाका प्रवक्ता भोजराज कार्कीले बताए । तालिम उद्घाटन गर्दै अध्यक्ष राईले मानिसलाई सीपले आत्मनिर्भर बन्न महत्वपुर्ण भुमिका खेल्ने भएकाले सोही अनुसार पालिकाले नीति निर्माण गरि काम गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज कार्कीले वडा नम्बर ७ मा जुस तथा जाम र ढाका बुनाइ सम्बन्धी तालिम सञ्चालनपछि उद्योग शुरु गरिएको भन्दै एक ब्यक्ति एक सीपलाई जोड दिएर काम गरिरहेको बताए ।
तालिममा वडा भित्रका २० जना युवाहरुको सहभागिता रहेको छ । उक्त तालिममा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाका भविन्द्र खत्री, लुक हरि बास्तोला, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।आफ्नै गाउँमा सीप सिक्न पाएपछि युवाहरू हर्षित भएका छन ।
यसैबीच, सोही कार्यक्रममा वडाले उत्पादन गरेको रातो प्याजको बिरुवा पनि वितरण गरिएको छ ।