काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले अर्को रेकर्ड कायम गरेकी गरेकी छिन्।
साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालका लागि ५० गोल गर्दै कीर्तिमान कायम गरेकी साम्बाले फेरि अर्को कीर्तिमान आफ्नो नाममा गरेकी छिन्।
वाफ च्याम्पियनसिप अन्तर्गत लेबनानविरुद्ध गोल गरेकी साम्बालेमहिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याएकी छिन्।
लेवनानविरुद्ध खेलको ७६ औँ मिनेटमा बराबरी गोल फर्काएकी साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्।
साम्बाले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा ५३ गोल गर्दा उनले भारतीय टोलीकी स्टार बालादेवीलाई पछि पारेकी हुन्।
यसअघि साम्बा र बालादेवीसँगै इंग्लयान्डकी एलेन ह्वाइट, स्पेनकी जेनिफर हर्मोसो संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको ३२ औँ स्थानमा थिए।
तर मंगलबार राति १ गोल थप्दै साम्बा अष्ट्रियाकी निना बर्गरसँगै उभिएकी छिन्। समान ५३ अन्तर्राष्ट्रिय गोल गरेका साम्बा र निना विश्वको सर्वाधिक गोलकर्ताको ३१ औँ स्थानमा छन्।
सर्वाधिक गोलकर्ताको सूचीमा दक्षिण एसियाबाट साम्बा र बालादेवीपछि बगंलादेशकी सविना खातुन छन्। सविनाले ३४ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा आफुलाई ४२ औँ स्थानमा उभ्याएकी छिन्।