काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा ठूलो गिरावट आएको छ । बजार मापक परिसूचक परिसूचक नेप्से ५७.९९ अंकले घटेर २६३९ कायम भएको छ । बजार घटेको दिन कारोबार रकम पनि संकुचित भएको छ ।
आइतबार ८ अर्ब १८ करोड बराबरको शेयर किनबेच भएकोमा सोमबार ९ अर्ब ९० करोड बराबरको मात्र कारोबार भयो । सोमबार २३ कम्पनीको मूल्य बढेको छ भने २२१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यसदिन सबै उपसमूहको सूचक घटेका छ ।
फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घटेको छ भने बैंकिङ उपसमूह पनि २.३० प्रतिशतले घटेको छ । यस्तै विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।