काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले आफ्नै लागो बनाएको छ । २०८१ मंसिर १० गतेको सूचना अनुसार दोर्दी गाउँपालिकाको प्रतीक चिह(लोगो) निर्माणमा आवेदन खुल्ला गरिएको थियो ।
विभिन्न आवेदनहरु मध्येबाट दोर्दी गाउँपालिका गाउँ कार्यपालिकाको २०८१ पौष १२ गतेको बैठकले छनोट गरिएको छ । छनोटमा प्रहरी चौकी श्रीमज्याङमा कार्यरत प्रहरी जवान(सूरक्षाकर्मी) अनिल भण्डारीले बनाएको लागो सर्वोकृष्ट हुन सफल भएको छ । भण्डारी विगत लामो समय देखि आई.टि क्षेत्रमा काम गर्दै आएका थिए ।
प्रथम हुन सफल प्रतियोगीलाई नगद रु.पच्चिस हजार (कर सहित) प्रदान गरिने गाउँपालिकाले जनाएको छ। उक्त लोगो दोर्दी गाउँपालिकाको सभाले पास गरेपछि प्रयोगमा आउनेछ ।