काठमाडौं । आफ्नै विद्यालयमा पढ्ने किशोरी तथा बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको मुद्दा खेपिरहेका मदन राईलाई जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ।
गत माघ १० गते अदालतले राईलाई दोषी ठहर गरेको र सजाय निर्धारणका लागि माघ २५ गते अर्को पेशी तोकिएको अदालतले जनाएको छ ।
आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको समाचार एक अनलाइन सञ्चार माध्यममा प्रकाशित भएपछि उनलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत खोटाङमा मुद्दा दायर गरेको थियो।