काठमाडौं । नेपाली चलचित्र उद्योगको श्रीवृद्धिमा क्रियाशील वरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ। स्व. थापाको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।
थापाको निधनले नेपाली चलचित्र क्षेत्रलाई गहिरो चोट पुगेको कलाकार संघ अध्यक्ष मोहन निरौलाले बताए।
स्व. थापाले दर्जनाैं नेपाली चलचित्र र बलिउड चलचित्रमा समेत अभिनय गरेका छन्। ३०० बढी नेपाली फिल्ममा अभिनय गरेका स्व. थापा ‘राते काइँला’ भनेरसमेत चिनिन्थे।

