काठमाडौं । गायक तथा सङ्गीतकार थानेश्वर गौतमको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ। गीतमा गौतमकै स्वर र सङ्गीत रहेको छ भने शब्द केपी खतिवडाले लेखेका छन्। थानेश्वर गौतम अफिसियल पेजबाट गीत सार्वजनिक भएको हो ।
गीतको सङ्गीत संयोजन नारायण दङ्गालले गरेका हुन्। म्युजिक भिडियोमा सुरेश कोहली र सम्पदा अमगाईंको अभिनय रहेको छ। भिडियोको कथा तथा निर्देशन विशाल घिमिरेले गरेका छन्।
बुद्ध थापा र उनको टोलीले छायाङ्कन गरेको भिडियोको सम्पादन तथा रङ संयोजन अमृत चापागाईंले गरेका हुन्। सन्दीप तामाङले कोरियोग्राफी गरेको भिडियोको निर्माण व्यवस्थापन सन्तोष गौतमले सम्हालेका छन्।
गीतको रेकर्डिङ सागर बाजुराली, प्रि–मिक्सिङ राजेन्द्र बाजुराली तथा मिक्सिङ र मास्टरिङ खड्ग बाजुरालीले गरेका हुन्।
भिडियो

![थानेश्वर गौतमको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक[भिडियो]](https://hamroheadline.com/wp-content/uploads/2026/11/thani.jpg)