काठमाडौं । कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार दाजुभाइबीचको मिलन, भ्रातृत्व र एकताको भाव समेटिएको गीत सार्वजनिक गरेको हो ।
सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतले दाजुभाइबीचको सम्बन्ध, आपसी विश्वास र एकताको महत्त्वलाई प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा स्वर्गलोकका युधिष्ठिर धर्तीमा रहेका आफ्ना भाइहरू समस्यामा परेको थाहा पाएपछि उनीहरूको खोजी गर्दै आएको देखाइएको छ । चलचित्रको कथावस्तुको भाव बुझ्नसमेत सहयोग गर्ने गीतले भाइभाइबीचको एकतामा रहेको शक्ति र त्यसको अर्थलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । ‘पाँच पाण्डव’ दाजुभाइबीचको सम्बन्धमा आधारित चलचित्र हो ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन् । भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी, श्याम तामाङको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतको अन्तिममा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन् ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रमा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउने निर्माण टिमले जनाएको छ ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पाण्डवको भूमिकामा छन् । त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन् । नवीन श्रेष्ठले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार यो चलचित्र ‘सोसल ड्रामा’ अर्थात् सामाजिक कथामा आधारित चलचित्र हो । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नु चलचित्रको उद्देश्य रहेको उनले बताएका छन् ।
तिहारको अवसर पारेर चलचित्र कात्तिक २० गते (नोभेम्बर ६) देखि प्रदर्शनमा आउने तयारीमा छ ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को गीत ‘दाजु…
काठमाडौं । साताको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आकर्षक वृद्धि भएको छ । बुधबार…
काठमाडौं । मलेसिया सरकारले नेपाली श्रमिक लैजाने प्रक्रियामा नेपाल सरकारले गरेको नयाँ प्रस्ताव अस्वीकार गरेको…
काठमाडौं । अब नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीका कारण नष्ट भएमा अथवा नयाँ ढाँचामा…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, October 28
ताजा :
- ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
- नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम पनि उकालो
- नेपाली श्रमिक लैजाने विषयमा नेपालको प्रस्ताव मलेसियाद्वारा अस्वीकार
- अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने
- लोकतन्त्रको रक्षा र पार्टी रूपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
- एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
- तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान, ४८ करोडको कारोबार अपेक्षा
- मर्स्याङ्दी महोत्सव पुस ८ देखि १२ गतेसम्म
- १ करोड ६० लाख हिनामिना गरेको आरोपमा पूर्वनगरप्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- एनपीएलमा चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित
‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

