काठमाडौं । साताको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आकर्षक वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका कम्पनीमध्ये २४१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३५ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्से परिसूचकमा वृद्धिसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बुधबार ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन मंगलबार ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो ।
बुधबार सबैभन्दा धेरै कमाउने कम्पनीमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै, सबैभन्दा धेरै गुमाउनेमा १० प्रतिशत प्राइम डिबेन्चरका लगानीकर्ता रहेका छन् । उक्त डिबेन्चरको मूल्य २.९६ प्रतिशतले घटेको छ ।

