काठमाडौं । राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसका सांसद नारायणदत्त बिरामी परेका छन्। आइतबार (आज) राष्ट्रियसभा बैठक चलिरहँदा उनी चक्कर लागेर बिरामी परेका हुन्।
शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो। चक्कर लागेका भट्टलाई कांग्रेसका सांसद किरणबाबु श्रेष्ठलगायतले डोर्याउँदै बैठक कक्ष बाहिर निकालेका थिए।
उनको सङ्घीय संसद् भवन परिपरमै उपचार गरिएको छ। उनले आजको बैठकमा बोल्नका लागि नामसमेत टिपाएका थिए। तर, बोल्न सकेनन्।
उनको साटो कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले बोलेकी छन्।