काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालले ३० जना कर्मचारी माग गरेको छ। नगरपालिकाले आज एक सूचना जारी गरी १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
जसअनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नेसियन, रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदमा दरखास्त आह्वान भएको छ।
दरखास्तपछि सफल हुने उम्मेदवारलाई करारमा नियुक्ति गरिने सूचनामा जनाइएको छ ।