काठमाडौं । तनहुँकाे भानु नगरपालिका–१ पुलचोकमा आजबाट चौथो डुम्रे महोत्सव सुरू भएकाे छ । महाेत्सवकाे उद्वघाटन उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले गर्नुभएकाे थियाे ।साे अवसरमा बाेल्दै खड्काले तनहुँ जिल्ला पर्यटनकाे क्षेत्र भएकाले मेला महाेत्सवले पर्यटकले प्रवद्र्धनल गर्न हुनाले याे महत्त्वपूर्ण रहेकाे बताउनुभयाे ।
महोत्सवका मुल संयोजक हेमलाल भि के, राष्ट्रिय सभाका सदस्य भगवती न्याैपाने,महोत्सवका निर्देशक घनश्याम श्रेष्ठ,गण्डकी प्रदेशका पूर्व मन्त्री एवं गण्डकी प्रदेशका संसद जित प्रकाश आले,बन्दिपुर गाँउपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा,गाेर्खा उद्योग वाणिज्य संघका अध्यक्ष भगवन बाबू मास्के लगाएतले यश महाेत्सवले तनहुँ जिल्लाकाे आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्धनमा योगदान पुर्याउने सहयाेग गर्ने बताउनुभएकाे थियाे ।
उक्त महोत्सवमा १ सय २५ वटा स्टल रखिएकाे छ ।साे महोत्सवमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने छन् भने चार करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयाेजकले जनाएकाे छ ।
साथै महाेत्सवकाे दाेसाे दिन चर्चित हस्यकलाकार श्याम राना मगर ,लाेक दाेहाेरी गायिका रिता थापा, अम्बर विरही गुरूङ र स्थानीय कलाकारहरूकाे प्रस्तुति रहने डुम्रे महोत्सवको कलाकार संयोजक सुनिल श्रेष्ठले जनाकारी दिनुभयो ।
“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित आजबाट सुरू भएकाे महाेत्सव चैत ३ गतेसम्म सन्चालन हुनेछ।