एजेन्सी । थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए ।
सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले पहिलो चरणमै आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्नेछ । क्षेत्रीय पर्यवेक्षकहरूले स्थायीत्वको सुनिश्चितताका लागि सीमा क्षेत्रको निगरानी गर्नेछन् ।
राष्ट्रपति ट्रम्पले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘हामीले त्यो कार्य सम्पन्न गरेका छौँ, जुन धेरैले गर्न सक्दैनन्।’ कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यो सम्झौतालाई ‘ऐतिहासिक दिन’ भन्दै स्वागत गरे भने थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यसले ‘स्थायी शान्तिका लागि आधार निर्माण गरेको’ प्रतिक्रिया दिएका छन्।

