काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । त्रिभुवन विमानस्थलको द्वारमा राजावादी समर्थकले उनको स्वागत गरेका छन् ।
उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले योजनावद्ध रूपमा तयारी गरेको थियो । सयौं समर्थक विमानस्थल बाहिर भेला भएर पूर्वराजाको स्वागत गरेका छन् ।