काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर २७३६ दशमलव ४८ को विन्दुमा पुगेको हो। ३ सय २३ कम्पनीको ७९ हजार २३६ पटकको कारोबारमा २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर खरिद बिक्री भएको छ।
कुल कारोबार रकम ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँ छ। १४६ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनी राताम्मे छन् भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
बुधबारको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै लगानी समूह एक दशमलव ७६ र अन्य समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् शून्य दशमलव ८५, जीवन बीमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बीमा शून्य दशमलव ४० र व्यापार समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ७९ प्रतिशतले बढेको छ । साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर शेयर रू ८१ करोड ३६ लाख ५२ हजार एक सय बराबरको ८१ लाख ३६ हजार पाँच सय २१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।