काठमाडौं । बिहीबार पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । बिहीबार ४१.४३ अंकले बढ्दै बजार २६६३.३० को बिन्दुमा उक्लिएको छ ।
यसअघि बुधवार पनि बजारमा ३९.१३ अंकको वृद्धि भएको थियो । उच्च अंकको वृद्धिका बिच बिहीबार सबै सेक्टरका सूचक बढे । सबैभन्दा बढी व्यापार समूहको सूचक ६.०९ प्रतिशतले उचालिँदा औसतमा १.५८ प्रतिशतले बजार बढ्यो ।
बिहीबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्यमा गिरावट आयो । कारोबारमा आएका २ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भएको छ ।
बिहीबार सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । ९७ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २२ करोड रुपैयाँमाथिको भयो ।
यसअघि बुधवार ४ अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको थियो ।