काठमाडौं । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ। आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो। वाटर क्यानन पनि तयारी अवस्थामा राखेको छ।
यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेपछि झडप भएको थियो। प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए।